Logo

रुसले तयार पार्यो कोरोना विरुद्धको ‘न्याजल स्प्रे’ भ्याक्सिन



एजेन्सी, ५ भदौँ । रुसी कोरोनाविरुद्धको खोप निर्माता कम्पनी ग्यामेलेया सेन्टरले कोरोना भाइरसविरुद्धको ‘न्याजले स्प्रे भ्याक्सिन’ तयार पारेको छ । उक्त स्प्रेको प्री क्लिनीकल ट्रायल पुरा भइसकेको कम्पनीले जनाएको छ । र, उक्त स्प्रे क्लीनीकल ट्रायलको लागि तयार भइसकेको जनाइएको छ ।

कम्पनीका निर्देशक एलेक्जेन्डर गिंन्टस्वर्गको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘कोरोना भाइरसविरुद्ध न्याजल स्प्रे भ्याक्सिनको उल्लेखय प्रगती देखिएको छ । प्री क्लिनीकल ट्रायल समाप्त भइसकेको छ । यसको क्लीनीकल ट्रायलको तयारी गर्दैछौँ । यो ‘स्पुटनीक भी’को घटकको रुपमा काम गर्नेछ ।’ क्लीनीकल ट्रायल २०२१ को अन्त्य वा २०२२ को सुरुवाती चरण सम्म सक्ने छ भने स्प्रेले २०२२ मा मान्यता पाउन सक्ने कम्पनीका निर्देशकले बताएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्