Logo

जसपा नेपालका नेता योगेन्द्र राय यादवको दाबी : उपेन्द्र यादव मधेसका हिरो हुन्



काठमाडौं, ५ भदौ । जनता समाजवादी पार्टी, नेपालका नेता योगेन्द्र राय यादवले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई मधेशको हिरोको संज्ञा दिएका छन् । उनले उपेन्द्र यादव मधेश जनविद्रोहका नेतृत्वकर्ता पनि भएकोले अहिलेपनि मधेशको हिरो यादव नै भएको दाबी गरे ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहान्छन’् पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । “जुनबेला उपेन्द्र यादव मधेसको परिवर्तनको निम्ति मधेश जनक्रान्ती गर्दै हुनुहुन्थ्यो, त्यतीबेला महन्थ ठाकुर र राजेन्द्र महतो सरकारी वार्ता टोलीबाट संयोजक हुनुहुन्थ्योे”–यादवले भने । उनले जनता समाजवादी पार्टी (जसपा) फुटेको नभई राजेन्द्र महतो, महन्थ ठाकुरजस्ता केही व्यक्तिलाई अनुशासनहीनताको कारण कारबाही गरिएको समेत टिप्पणी गरे ।

पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्