Logo

आइसीसी विश्वकप लिग २ : ओमान भ्रमणका लागि नेपाली टिमको घोषणा



काठमाडौँ, ५ भदौ। ओमानमा हुने आइसीसी विश्वकप लिग २ अन्तर्गत एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली टिमको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक सिरिजको टोली घोषणा गरेको हो ।

टोलीमा युवा बलर गुलशन झाले पहिलो पटक स्थान बनाएका हुन् । नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नेछ ।

घोषणा गरिएको टोलीमा परेका खेलाडीहरुको नाम

नेपालको टोलीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल परेका छन् ।-File photo

 

 



प्रतिक्रिया दिनुहोस्