Logo

सरकार हाम्रो प्राथमिकता होइन : राजकुमार लेखी



काठमाडौं, ५ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (प्रस्तावित)का नेता राजकुमार लेखीले आफ्नो पार्टी सरकारमा कुनै प्राथमिकता नभएको स्पष्ट पारेका छन् । साथै, उनले विचार नमिलेपछि पार्टी फुट्नु स्वभाविक भएको बताउँदै उपेन्द्र यादवसँग विचार नमिलेको स्पष्ट पारे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चान्छन्’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । १९ महिना सरकारमा बस्दा उपेन्द्र यादवले मधेस आन्दोलन, थरुहट आन्दोलन र रेशम चौधरीको बारेमा एक दिन पनि नबोलेको उनको आरोप थियो । उपेन्द्र यादवले सरकारमा बसेर १९ महिनामा गर्न नसेको काम महन्थ ठाकुरले १९ दिनमा गरेको उनको दाबी थियो ।

हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्