Logo

कति वर्ष पुगिन् त रेखा थापा ?, आज जन्मदिन



काठमाडौं, ५ भदौ । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाको आज जन्मदिन । हिरो चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी रेखाले अहिलेसम्म दर्जनौं चलचित्रमा अभिनय गरिसकेका छन् । कुशल अभिनेत्रीका रुपमा चिनिएकी रेखाले आफ्नै ब्यानरका केहि चलचित्र आफैले निर्देशन समेत गरेकी छन् ।

रेखा अभिनित चलचित्र हिरो, मितिनी, धड्कन, हामी तीन भाई, हिम्मतवाली, किस्मत, मालिका जस्ता चलचित्रहरु दर्शकमाझ निकै लोकप्रिय रहेका छन् । रेखा अधिकाशं चलचित्रहरुमा एक्सन अवतारमा देखिने गर्छिन । एक्सन नायिकाको रुपमा दर्शकमाझ लोकप्रीय बनेकी रेखालाई अहिले नेपाली फिल्मको हिरोका रुपमासमेत लिइने गरिन्छ । रेखाको जन्म वि.सं २०३९ भाद्र ५ गते मोरङको कोशी हरैचामा भएको हो ।

नायिका थापाले आज काठमाडौंमा टंगालमा खोलेको नयाँ रेष्टुरेन्टमा आफ्नो जन्मदिन मनाउँदैछिन् । उनले कोरोना कहरको कारण सिमित आफन्त र साथीभाईहरुसँग बसेर जन्मदिन मनाउन लागेको जनाईन् । file photo

 



प्रतिक्रिया दिनुहोस्

https://pch.edu.np/

हल बुकिंग फाराम