Logo

साफ च्याम्पियनसिपको खेल तालिका परिवर्तन



काठमाडौँ, ५ भदौ । माल्दिभ्समा हुने १३औँ संस्करणको साफ च्याम्पियनको खेल तालिका परिवर्तन भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले यसअघिको तालिका परिवर्तन गर्दै आज (शनिबार) नयाँ तालिका सार्वजनिक गरेको हो ।

नयाँ तालिका अनुसार प्रतियोगिता अक्टोबर १ देखि १६ सम्म हुने छ । प्रतियोगितामा माल्दिभ्स, नेपाल, भारत, श्रीलंका र बंगलादेश सहभागी हुनेछन् । तालिका अनुसार उद्घाटन खेलमा आयोजक माल्दिभ्स र नेपालले प्रतिस्पर्धा गर्नेछन् । यो खेल स्थानीय समयअनुसार दिउसो ४ बजे हुनेछ । सोहीदिन हुने दोस्रो खेलमा श्रीलंका र बंगलादेश आमने–सामने हुनेछन् ।

नेपालले दोस्रो खेल अक्टोबर ४ मा श्रीलंका, तेस्रो खेल अक्टोबर १० मा भारत र समूह चरणको चौथो तथा अन्तिम खेल अक्टोबर १३ मा बंगलादेशसँग खेल्ने छ । सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुने प्रतियोगितामा समूह चरणका शीर्ष दुई टोलीले अक्टोबर १६ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

 



प्रतिक्रिया दिनुहोस्