Logo

सुवास नेम्वाङको प्रतिक्रिया : १० बुँदे कार्यान्वयन हुन्छ, अध्यक्ष ओली गम्भीर हुनुहुन्छ



काठमाडौं, ५ भदौ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताको लागि दश बुँदे सहमति कार्यान्वयन गरिने बताएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता नेम्वाङले यस्तो बताएका हुन् । पार्टी एकताको लागि अध्यक्ष केपी शर्मा ओली गम्भीर रहेको पनि उनको प्रतिक्रिया छ ।

उनले माधव नेपालको साथ छोडेका एमालेका दोस्रो तहका नेताहरुले भनेझैं दश बुँदेको अक्षरंश कार्यान्वयन गरिने बताए । उनले भने,‘हामी दश बुँदे सहमति कार्यान्वयनमा गम्भीर छौं । सहमति कार्यान्वयन हुन्छ । अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा यो विषयमा बृहत्त छलफल हुन्छ ।’

भीम रावलसहित एकता पक्षधर ७५ जना नेताले पार्टी एकताको लागि दश बुँदेलाई अक्षरश पालना गरिनुपर्ने शर्त बनाएका छन् । त्यस्तै, माधव नेपाललाई पनि नयाँ दल दर्ताको प्रक्रिया स्थगित् गर्न उनीहरुको आग्रह छ । नेता नेपालले भने आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दल दर्ताको लागि निवेदन दिएका छन् । आयोगले आगामी बुधबार सनाखतको लागि बोलाएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot