Logo

बक्सिङ स्टार पेकुइओले फिलिपिन्सको राष्ट्रपति चुनाव भिड्नसक्ने



एजेन्सी, ५ भदौ । फिलिपिन्सका बक्सिङ स्टार म्यानी पेकुइओको लोकप्रीयता झन् चुलिएको छ । फिलिपिन्समा उनी जत्तिको लोकप्रीय अर्को कुनै व्यक्ति छैन । ८ पटकका बक्सिङ च्याम्पियन पेकुइओ अहिले फिलिपिन्सका सांसद छन् । उनी त्यसभन्दा पनि उचाईमा बढ्न चाहिरहेका छन् ।

४२ वर्षीय पेकुइओको आँखा सन् २०२२ मा फिलिपिन्समा हुने राष्ट्रपति चुनावमा छ । उनी त्यसतर्फ अगाडि बढ्न खोजिरहेका छन् । उनले बक्सिङ भिडन्तहरु गर्न लागेका छन् । विश्वका बक्सिङप्रेमीको ध्यान खिचेको भिडन्तहरुले उनलाई अझ लोकप्रीयताको चुलीमा पुर्याउन सक्छ ।

पेकुइओका राजनीतिक प्रवक्ता मोनिको पुन्टेभेल्लाले अबको लक्ष्य राष्ट्रपति चुनाव भएको खुलाएका छन् । उनले अलजजिरासँग बक्सिङ भिडन्त भविष्यको लक्ष्यका लागि बोनस हुने बताएका छन् ।

लास भेगासमा यसै वर्ष हुने भिडन्तपछि अर्को वर्षको मे महिनामा हुन भिडन्त महत्वपूर्ण हुने समेत बताइएको छ । उनका राजनीतिक सल्लाहकार पेन्टेभेल्लाले सन् २०२२ मा पेकुइओ राष्ट्रपतिको चुनाव लड्ने बताएका छन् ।

फिलिपिन्सका राष्ट्रपति डेटेरटेले पनि पेकुइओलाई अगाडि बढाउने तयारी गरेका छन् । डुटेरटेले पेकुइओलाई फिलिपिन्सको आगामी राष्ट्रपति भनिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्