Logo

विवाहमा सय निजी जेट विमानको उडान



एजेन्सी, ६ भदौ । विभिन्न देशका शक्तिशाली राजनीतिज्ञ सहभागी । एक सयवटा निजी जेट विमानको उडान । सेना र प्रहरीको कडा सुरक्षा ।

यो विवाह नाइजेरियामा भएको हो । युसुफ बुहारी र जारा नासिर बयोरोबीचको विवाह । युसुफ नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीका एकमात्र जिवित छोरा हुन् । युसुफ र जाराबीच बेलायतको सुरे विश्वविद्यालयमा भेट भएको थियो । जारा शक्तिशाली मुस्लिम नेता नासिर अडो बयरोकी छोरी हुन् । नासिर बिचीका अमिरका नामले चिनिन्छन् ।

त्यहाँका शक्तिशाली नेता देखि सैनिक र कर्मचारीहरु विवाहमा सरिक भए । जसमध्ये राष्ट्रपति मोहम्मदु बुहारीका प्रतिद्वन्द्वी गुडलक जोनाथान पनि थिए । गाम्बियाकी प्रथम महिला फटुमाटा बाह बारो र नाइजरका पूर्वराष्ट्रपति मुहम्मदु इसुफु पनि विदेशी पाहुना थिए ।

विवाहमा निजी जेटहरु उत्तरी नाइजेरियाली शहर कानोमा भरिएका थिए । जहाँ नाइजेरियाका कुलिन र पश्चिम अफ्रिकाका शक्तिशाली व्यक्तिहरु पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस्