Logo

पाकिस्तानमा चिनियाँ नागरिकमाथि आतंकवादी आक्रमण बढ्यो



एजेन्सी ६ भदौ । पाकिस्तानमा चिनियाँ नागरिक आतंकवादी आक्रमणको तारोमा पर्न थालेका छन् । उनीहरुमाथि एकपछि अर्को आक्रमणको घटना बढ्न थालेको छ ।

शुक्रबार चिनियाँ नागरिक चढेको कारमा आत्मघाती बम हमला भएको छ । बलुचिस्तानस्थित ग्वादार इस्टवे एक्सप्रेस आयोजनामा उक्त घटना भएको हो । घटनामा दुई बालिकको मृत्यु भएको छ । एकजना चिनियाँ घाइते भएका छन् ।

एक महिना अघि पाकिस्तानमा आतंकवादी हमलामा ९ चिनियाँ नागरिक मारिएका थिए । डासु ड्याममा काम गर्ने चिनियाँ इञ्जिनियरहरुको मृत्यु भएको थियो ।

पाकिस्तानले चिनियाँ नागरिक मारिएको बस बिष्फोटमा भारत र अफगानिस्तानको खुफिया एजेन्सीको भूमिका रहेको आरोप लगाएको थियो ।

उत्तरी पाकिस्तानमा भएको घटनामा ९ चिनियाँ नागरिक मारिएका थिए । १४ जुलाईमा पाकिस्तानको खेबर पाकटुन्ख्वा प्रान्तमा भएको सटल बस बिष्फोटको घटनामा चिनियाँ नागरिक डासु जलविद्युत आयोजनातर्फ जाँदै थिए ।

यो घटनाप्रति चीनले निकै चासो देखाएको थियो । पछिल्लो घटनाप्रति पनि चीनले कडा आपत्ती जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्