Logo

बार्सिलाना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकियो



काठमाडौं, ६ भदौ । स्पेनिस ला–लिगा फुटबलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिक बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको ५० औं मिनेटमा इनिगो मार्टिनेजले गोल गर्दै बिल्बाओलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ७५ औं मिनेटमा मेम्फिसले गोल गर्दै बार्सिलोनालाई १–१ गोलको बराबरीको स्थितीमा पुर्याएका थिए । खेलको इन्जुरी समयमा ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै बार्सिलोनाले २ खेलमा ४ अंक जोडेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्