Logo

नर्विच सिटीलाई हराउदै म्यानचेस्टर सिटीको सानदार जित



काठमाडौं, ६ भदौ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नर्विच सिटीलाई ५–० को गोल अन्तरले पराजित गर्दै सिटीले पहिलो जित निकालेको हो ।

खेलको सातौं मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो । १५ औं मिनेटमा फेरान टोरेसको गोलले मान्यता पाएन । तर, खेलको २२ औं मिनेटमा ग्रेलिसले गोल गर्दा सिटी २–० को स्थितिमा पुगेको थियो ।

खेलको ६४ औं मिनेटमा लापोर्टेले गोल गर्दै सिटीको अग्रता तेब्बर बनाए । ७१ औं मिनेटमा स्ट्रर्लिङले गोल गर्दा सिटीको अग्रता ४–० को बन्यो । त्यसपछि खेलको ८४ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई ५–० को जित दिलाए । पहिलो खेलमा सिटी टोटेनहमसँग पराजित भएको थियो । जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्