Logo

सिरी ए फुटबलमा इन्टर मिलानको विजयी सुरूवात



काठमाडौं, ६ भदौ । इन्टर मिलानले इटालियन सिरी ए फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको सिजनको पहिलो खेलमा जिनोआलाई ४–० गोल अन्तरले पराजित गर्दै इन्टरले विजयी सुरुवात गरेको हो ।

खेलको छैटौं मिनेटमा मिलानले गोल गर्दै इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा हाकानले गोल गर्दै इन्टरको अग्रता २–० बनाए । खेलको ७४ औं मिनेटमा भिडालले गोल गर्दै इन्टरलाई ३–० को स्थितिमा पुर्याए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा इडीनले गोल गर्दै इन्टरलाई ४–० गोलको जित दिलाए । यस जितसँगै इन्टरले सुखद सुरुवात गर्दै पहिलो खेलमै ३ अंक जोडेको गरेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्