Logo

५ वर्षीया गायिका मेरिना जिम्बाको ‘स्याटरडे’ सार्वजनिक



काठमाडौँ, ६ भदौ । ५ बर्षीया गायिका मेरिना जिम्बाले गाएकी ’स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो । कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन् भने लामाले भिडियोलाई निर्देशन समेत गरेका छन ।

मेरिना बाबु जिम्बाकी छोरी हुन । लकडाउन र कोरोना महामारिमा बालबालिकालाई मनोरन्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए । उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ बर्षिय बालिका हुन । आदम घिसिङले कोरियोग्राफी गरेको भिडियोलाई आशिष जिम्बाले छायांकन गरेका हुन ।

 



प्रतिक्रिया दिनुहोस्