Logo

डर्टमण्डलाई हराउदै फेईवर्ग पहिलो जित निकाल्न सफल



काठमाडौं, ६ भदौ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्ड फ्रेईवर्गसँग पराजित भएको छ । शनिबार भएको खेलमा डर्टमण्ड फ्रेईवर्गसँग २–१ को गोल अन्तरले पराजित भएको हो ।

खेलको छैटौं मिनेटमा भिन्सिन्जो ग्रिफोले गोल गर्दै फ्रेईवर्गलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५३ औं मिनेटमा रोलान्ड सालाईले गोल गर्दै फ्रेईवर्गलाई २–० को स्थितिमा पुर्याएका थिए । साथै, खेलको ५९ औं मिनेटमा फ्रेईवर्गका किटेलले आत्मघाती गोल गरेका थिए । फ्रेईवर्ग हार बाट जोगिदै पहिलो जित निकाल्न सफल भएको छ । डर्टमण्डको भने यो पहिलो हार हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्