Logo

आफ्ना नागरीकलाई काबुल विमानस्थल नजान अमेरिकाको आग्रह



एजेन्सी, ६ भदौ । अमेरिकाले आफ्ना नागरिकलाई अफगानिस्तानको काबुल विमानस्थलमा नजान आग्रह गरेको छ । इस्लामिक स्टेट आइएसको अफगानिस्तान शाखाले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल क्षेत्रमा नजान सुझाएको हो ।

अमेरिकाले सुरक्षा सचेतना जारी गर्दै विमानस्थलको गेट बाहिर सुरक्षा जोखिम रहेको जनाएको छ । अमेरिकी सरकारका अधिकारीहरुले भनेपछि मात्रै विमानस्थल आउन आग्रह गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा उल्लेख गरिएको छ ।

तालिवानको त्रासले अफगानिस्तान छाड्न चाहनेदेखि त्यहाँको पूर्ववर्ती सरकारसंग काम गरेका तथा नेटो गठबन्धनलाई सघाएका मानिसहरुको भीड विमानस्थल बढेको बताइएको छ । शनिबार विमानस्थल बाहिर निकै ठुलो भीड लागेको थियो । त्यो दिनलाई अहिलेसम्म कै खराब दिन भनिएको छ ।

तालिवानले राजधानी काबुलमा कब्जा जमाएपनि अहिलेसम्म भने अमेरिकी फौजले काबुल विमानस्थल नियन्त्रणमा राखेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्