Logo

प्रधानमन्त्री देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा



काठमाडौं, ६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो प्रमुख स्वकीय सचिवमा भानु देउवालाई नियुक्त गरेका छन् । प्रधानमन्त्री भएको लामो समय भैसक्दापनि सचिवालय गठन नगरेका देउवाले हालै भानुलाई आफ्नो प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । भानु लामो समयदेखि देउवाको सचिवालयमा रहेर काम गर्दै आएका छ्न ।

भानुलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेपछि अहिले कांग्रेस नेताहरुले प्रधानमन्त्री देउवाको यो कदमलाई लिएर प्रशंसा गरेका छन् । भानु अहिलेसम्म कुनैपनि विवादमा मुछिएका छैनन् । प्रधानमन्त्री देउवा पहिले प्रधानमन्त्री हुँदापनि भानुनै स्वकीय सचिव थिए ।

भानु देउवा प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएपछि धेर नेता तथा कार्यकर्ताहरुले उनलाई सामाजिक सञ्जालमा बधाई दिईरहेका छन् । भानु लामो समयदेखि देउवाको निजी सचिवको रुपमा कार्यरत थिए ।



प्रतिक्रिया दिनुहोस्