Logo

यौन शक्ति कम हुने यस्ता छन् कारण



एजेन्सी, ६ भदौ । मैस्लोको सिद्धान्त अनुसार मानिसलाई खाना र पानी जस्तै यौनको आवश्यकता हुन्छ । यौन आवश्यकताको पुर्ति खुशी र सन्तुष्ट जीवन बिताउनको लागि धेरै आवश्यक हुन्छ । यदि यसको पुर्ति नभएमा व्यक्तिको काममा पनि अवरोध आउन सक्छ । यौन सम्बन्ध खुशीको लागि मात्र नभएर आाफ्नो साथीलाई स्नेह र माया प्रदर्शन गर्ने एक बाटो पनि हो । तर, यौन अनुभवको धेरै मनोरन्जनको लागि यौन शक्ति अनिवार्य हो । सबै व्यक्ति प्राकृतिक यौन शक्तिसहित जन्मिएका हुँदैनन् ।

यौन शक्ति जीवन संक्रिय र मजबुद बनाउने स्थितिलाई पनि बुझिन्छ । पुरुषमा अपेक्षा गरेको भन्दा धेरै कामेच्छा हुन्छ । र पुरुष चाडैनै उत्तेजित हुन्छ । तर, सबैको यौन प्रदर्शन गर्ने एउटै तरिका हुँदैन् । केही पुरुषले यसको लागि धेरै कठिनाई पनि गर्नुपर्ने हुन्छ । यस्ता बाधा केही कारक तत्वको कारण आउने गर्छ ।

यौन शक्ति कम हुनुको कारण: यौन शक्तिमा कमी आउने धेरै कारण छन् ।

बुढ्यौलीः बुढ्यौली कम यौन शक्ति र जीवन शक्ति हुनुको सबैभन्दा सामान्य कारण हो । महिलाको उमेर अनु्सार योनीको आकार पनि सानो हुँदै जान्छ र योनीको ढोका पातलो हुँदै जान्छ । यस्तो समयमा महिलालाई पुरुषको इरेक्सन प्राप्त गर्नमा कठिनाई पर्छ । यौन हर्मोनको स्तरमा पनि गिरावट आउन थाल्छ ।

रक्तको प्रवाह कम हुनेः अवरुद्ध रक्त वाहिका वा जननांग अंगहरुमा रक्त प्रवाह कम हुँदा कामेच्छालाई कम गराइदिन्छ र यौन गतिविधिमा लिप्त भएको अवस्थामा उत्तेजनाको अनुभवबाट रोक्न सक्छ ।

केही रोगहरुः मधुमेह, मुत्र मार्गमा संक्रमण, स्नायु दुर्बलता, हाई ब्लड प्रेसर, यौन संचारित रोग र शिघ्रपतन जस्ता केही रोगको कारण यौन सुखमा बाधा पुर्याएर यौन शक्तिमा पनि प्रभावित पार्न सक्छ । मोटोपनाले पनि यौन सुखलाई कम गरिदिन्छ ।
असामान्य यौन क्रोमोजोमः भ्रुणको प्रजनन अंगमा कुनै सामान्यत वा प्रसवको क्रममा कुनै प्रकारका समस्या भएपनि यौन समस्याको कारण बन्न सक्छ । निषेचन प्रक्रियाको क्रममा असामान्य यौन क्रोमोजोमको पनि यौनको विकार पछाडीको कारण बन्न सक्छ ।

तनावः तनावले तपाईको हर्मोनमा छेडछाडमा कम यौन शक्ति उत्पन्न गर्न सक्छ । तनाबले यौन शक्तिमा कम रुचि गराइदिन्छ । आयुर्वेदको अनुसार वात, कफ, पित्तमा कुनै पनि असन्तुलन भएमा पनि यौन इच्छा हराउन सक्छ । यो असन्तुलनले यौन व्यवहारलाई परिवर्तन गर्नमा महत्वपुर्ण भुमिका खेल्छ ।

  • खराब आहार, अल्कोहल, निकोटिनको खपत, व्यायामको कमी र तनाबले असन्तुलन पैदा गर्छ ।
  • आर्युवेदको अनुसार, यौन गतिविधिमा धेरै लिप्त रहनु पनि यौन समस्याको कारण बन्छ ।
    कम यौन जीवन शक्ति वा यौन शक्ति हराएको कारण निराश महसुस गर्नु आवश्यकता पर्दैन् । उचित निर्धारित औषधि, सही आकार र सही जीवन शैली अपनाएर राम्रोसँग उपचार गर्न सकिन्छ ।

 



प्रतिक्रिया दिनुहोस्