Logo

रामनारायण बिडारीको आरोप : केपी ओली हिंस्रक जनावर हो (भिडिओसहित)



काठमाडौं, ६ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारयण बिडारीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई हिंस्रक जनावरको संज्ञा दिएका छन् । हिजो (शनिबार) रिपोर्टर्स क्लबको ‘रिपोर्टर्स सम्वाद’ पत्रकार लक्ष्मी प्रसाद न्यौपानेसँग कुरा गर्दै नेता बिडारीले यस्तो आरोप लगाएका हुन् ।

उनले भने,‘नेकपा एमाले फुटाउने, नेकपा एमाले सिध्याउने, माओवादीका केही मान्छे लुछेर, चँुडेर खाने, हिंस्रक जनावर भनेकै केपी ओली हो, हाम्रा मान्छे लुछेर खाएको होईन ?’ उनले आफ्ना सांसदहरु ओलीले लुछेर लगेको आरोप लगाए । उनले केपी ओलीले माओवादी केन्द्रलाई ध्वस्त पार्न कोशिस गरेको भएपनि केही गर्न नसक्ने दाबी गरे । उनले ओलीलाई बुढो स्यालको पनि संज्ञा दिए ।

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्