Logo

करीनाले छोरा जहांगीरलाई दिइन् यस्तो शुभकामना



एजेन्सी, ६ भदौ । बलिउड अभिनेत्री करीना कपुर यहि वर्ष फेब्रुअरीमा दोस्रो सन्तानको आमा बनेकी हुन् । उनले छोरा जहांगीरलाई जन्म दिएकी हुन् । करीना हाल दुई छोरासहित पतिको साथमा माल्दिभ्समा छिन् । उनले माल्दिभ्सबाट लगातार सुन्दर तस्बीरहरु शेयर गर्दै आएकी छिन् ।

उनले आज सानो छोरा जहांगीरसँगको एक तस्वीर शेयर गर्दै ६ महिना पुगेको शुभकामना दिएकी हुन् । तस्वीरमा जगांगीर आफ्नो आमाको काखमा देखिएका छन् । जेहले आफ्नो आँखा बन्द गरिरहेका देखिन्छन् । तस्वीरमा करीना कालो बिकिनीमा छिन् । तस्वीर शेयर गर्दै करीनाले क्याप्सनमा लेखेकी छिन्, ‘माया, खुशी र साहस सधै तिम्रो लागि…..६ महिनाको बधाई मरो जिन्दगी ।’

करीना आफ्नो परिवारको साथमा पति सैफको जन्मदिन मनाउन मालदिभ्समा पुगेकी हुन् । १६ अगस्टमा सैफले आफ्नो परिवारसँग जन्मदिन मनाएका थिए । करीना चाडैनै आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को देखिदै छिन् ।



प्रतिक्रिया दिनुहोस्