Logo

निरुदेवी जैरुले भनिन् : केपी ओलीले एमाले छाडे एकता गर्न तयार छौं (भिडिओसहित)



काठमाडौं, ६ भदौ । नेकपा (एकिकृत समाजवादी) (प्रस्तावित) पार्टीकी नेतृ निरुदेवी जैरुले केपी शर्मा ओलीले एमाले छाडे आफूहरु पार्टी एकताको लागि तयार रहेको स्पष्ट पारेकी छिन् । हिजो (शनिबार) राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन ।

उनले भनिन्, ‘केपी शर्मा आलीले न नेकपाको सरकार राख्नुभयो, न एमाले पार्टी बचाउनुभयो, न एमालेको २३ जना बचाउन सक्नुभयो ।’ उनले आफू प्रधानमन्त्री बन्न र विद्यादेवी भण्डारीलाई राष्ट्रपति बनाउनको लागि मात्रै ओलीले एमालेलाई माओवादी केन्द्रसँग एकता गराएको आरोप लगाईन् ।



प्रतिक्रिया दिनुहोस्