Logo

टाइगर श्राफको ‘गणपत’ २३ डिसेम्बरमा रिलिज हुने



एजेन्सी,६ भदौ । बलिउडका एक्सन अभिनेता टाइगर श्राफको फिल्म ‘गणपत’ पछिल्लो समयमा निकै चर्चामा छ । यस फिल्ममा टाइगरको साथमा कृति सेनन पनि देखिदै छिन् । विकास बहलको निर्देशन रहेको यस फिल्मलाई वासु भगनानी, दीपशिखा देशमुख, विकास बहल र जैकी भगनानीले निर्माण गरेका छन्  ।

अब भने यस फिल्मको रिलिज डेट बाहिर आएको छ । टाइगर श्राफले एक टिजर शेयर गर्दै फिल्मको रिलिज डेट सार्वजनिक गरेका हुन् । टिजरमा टाइगर बोलिरहेको देखिन्छ । टिजर शेयर गर्दै टाइगरले क्याप्सनमा लेखेका छन्, ‘आउदैछ गणपत, तैयार रहनु । गणपत २३ डिसेम्बर २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ ।’

समाचार अनुसार यस फिल्मको कहानी बाक्सिङ रिंगको इर्द–गिर्दमा घुमेको छ । फिल्ममा टाइगर बाक्सर हुन् । गणपत दुई भागमा निर्माण भएको छ । फिल्मको नाम गणपत राख्नुको कारण टाइगर फिल्ममा गणपतको भक्त देखिएका छन् । फिल्ममा टाइगर धांसुको एक्सन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्