Logo

लागूऔषध सहित एक पक्राउ



काठमाडौं, ६ भदौ । अवैध लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने काभ्रे तिमाल गाउँपालिका ८ घर भएका ३० वर्षीय विक्रम तामाङलाई १०.३८ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर, १ सय १ एम्पुल नोर्फिन, १ सय एम्पुल फेनारगन, ९९ एम्पुल डाईजेपाम, नगद ४८ हजार ५ सय रुपैयाँ र ९ हजार भारतीय रुपैयाँ सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनको डेरा कोठामा लागूऔषध कारोबार भईरहेको विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot