Logo

१४ सांसदको कारबाही फिर्ता र १० बुँदे सहमति कार्यान्वयन भए पार्टी एकता हुन्छ : आचार्य (भिडिओसहित)



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का एकता पक्षधर नेता निरजप्रसाद आचार्यले माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता र तत्कालिन् कार्यदलले अघि सारेको १० बुँदे सहमति कार्यान्वयन गरे पार्टी एकता हुने दाबी गरेका छन् । हिजो राति प्राइम टाइम्स टेलिभिजनबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले बोल्दै उनले यस्तो बताएका हुन ।

नेता आचार्यले माधबकुमार नेपालसहित १४ जना सांसदलाई गरेको कारबाही फिर्ता, १० बुँदे सहमतिको अक्षरश कार्यान्वयन र फागुन २८ गते यता गरिएका सबै निर्णय केपी ओलीले खारेज गर्नुपर्ने, र माधव नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन फिर्ता लिए एकता सम्भव रहेको सुनाए ।

एमाले विभाजनको अवस्थामा पुग्नुमा अध्यक्ष ओली र माधव नेपाल दुवै जिम्मेवार रहेको पनि उनको टिप्पणी छ । उनले फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र अलग अलग बनाएपछि सोहीअनुसार २०७५ जेठ २ गते पार्टीलाई फर्काएको र बैठक राखेको भए आज पार्टीभित्र समस्या नै उत्पन्न हुनेथिएन भन्ने पनि धारणा राखे ।

प्रस्तुत छ आचार्यसँगको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्