Logo

अत्मसमर्पण गदागर्दै अफगान प्रहरी प्रमुखको तालिवानद्वारा हत्या (भिडियोसहित)



एजेन्सी, ६ भदौ । अफगानिस्तानको बाददिश प्रान्तका प्रहरी प्रमुखले अत्मसमर्पण गर्दागर्दै तालिवानले निर्ममतापूर्वक हत्या गरेको भिडियो भाइरल भएको छ । हाजी मुल्लाह अचाकजाईको हत्याको भिडियोबारे एक अमेरिकी सञ्चारकर्मीले आफ्नो ट्वीटरबाट दृश्य सार्वजनिक गरेका हुन् ।

भिडियोमा प्रहरी अधिकारीको आँखा पट्टिले बाँधिएको, घुडा टेकाइएको साथ वरिपरि बुलेटको निशान देखिएको छ । तालिवानले अफगानिस्तान नियन्त्रण गरेपछि समपूर्ण सरकारी अधिकारीलाई आममाफि दिने घोषणा गरेको थियो ।

महिला सहितलाई आफ्नो काम सुचारु गर्न आदेश जारी गरेको थियो । तालिवानले अमेरिकी नेतृत्वको सरकारमा रहेको ३४० अफगानी नेताहरुलाई छाडेको समेत घोषणा गरेको थियो । अफगानिस्तानले दशकमा पहिलो पटक यस्तो त्रास भोगिरहेको जनाइएको छ । त्यहाँ रहेका विदेशी नागरिकको धमाधम उद्धार भइरहेको छ ।

अफगानिस्तानको राजधानीमा काबुलमा रहेको काबुल विमानस्थल प्रवेश गर्न तालिवानीहरुले बल प्रयोग गरेर विमान स्थल प्रवेश गर्न रोक लगाएका छन् । विश्वले अफगानिस्तानको अवस्थालाई नजिकबाट नियालिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्