Logo

भीम रावल र योगेश भट्टराईलगायत नेतालाई गोकुलको जवाफ : मंगलबारपछि बुधबार आउँछ



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले एकताको लागि भीम रावललगायत दोस्रो धारका नेताहरुले मंगलबारसम्म दिएको अल्टिमेटमबारे कडा टिप्पणी गरेका छन् । रावललगायतका नेताहरुले मंगलबारसम्म दश बुँदे सहमति कार्यान्वयन गर्न अध्यक्ष केपी शर्मा ओलीलाई अल्टिमेटम दिएपछि नेता बाँस्कोटाले यस्तो टिप्पणी गरेका हुन् ।

नेता बाँस्कोटाले सामाजिक सञ्जालमार्फत लेखेका छन्–‘मंगलबारे समयको रोईलो मैले बुझिन।बस्नेलाई राडी बिच्छ्यएको फलैचा जानेलाई बाटो।काग र कोईली कालै देखिन्छन र चलाख पनि।तर खास फरक गृष्मयाममा देखिन्छ।र,सबैलाई थाहा छ मंगलबार पछि बुधबार आउछ।



प्रतिक्रिया दिनुहोस्

Screenshot