Logo

डा. देवेन्द्र दाहालको दाबी : केपी ओली नेपाली कम्युनिष्ट आन्दोलनका ‘आइकन’ हुन



काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का सांसद डा. देवेन्द्र दाहालले केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनका ‘आइकन’ को संज्ञा दिएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ओलीले नेपाली कम्युनिष्ट आन्दोलनलाई माथि उठाउने काम गरेकोले ओली कम्युनिष्ट आन्दोलनका आइकन भएको दाबी गरेका हुन् ।

उनले अब माधव नेपालसँग मिल्ने सम्भावना नरहेको पनि दाबी गरे । सांसद दाहालले माधव नेपालले निर्वाचन आयोगमा दल दर्ता गरिसकेको हुँदा अब माधव नेपालसँग एकताको सम्भावना टरेको दाबी गरे । उनले भने,“आफ्नो सरकार ढाल्नका लागि राष्ट्रपति कार्यालयमा हस्ताक्षर गर्न लाइन लाग्ने, सर्वोच्च अदालतमा एमालेको सरकार हटाई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ भनि मुद्दा हाल्ने, अनि केपी ओलीले सरकार टिकाउन सकेन भन्न सुहायो त ?’ साथै, उनले लोकतन्त्र दलीय प्रणालीलाई स्थापित् गर्न ल्याएको भन्दै सुर्य चिन्हबाट भोट ल्याएर रुखमा भोट हाल्नेहरुले यसको बिरुद्ध रहेको बताएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्