Logo

कांग्रेसको क्रियाशिल सदस्यता विवाद समाधान भयो, सिटौलाको व्यस्तताको कारण आज बुझाउन नभ्याउने



काठमाडौं, ६ भदौ । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसको क्रियाशिल सदस्यता विवाद समाधान समितिले विवाद समाधान गरेको छ । समितिले आजै सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी थियो । तर, समितिका संयोजक कृष्णप्रसाद सिटौलाको व्यस्तताको कारण समितिले भोलिमात्रै प्रतिवेदन बुझाउने भएको हो ।  समितिले क्रियाशिलको सबै विवाद समाधान गरिसकेको पनि सिटौलाले जानकारी दिए ।

उनले भोलिमात्रै प्रतिवेदन बुझाईने जनाए । समितिमा डा. मिनेन्द्र रिजाल र रमेश लेखक सदस्य छन् । कार्यदलले भोलि नै प्रतिवेदन बुझाए तोकिएकै मितिमा अधिवेशन हुने नेताहरुले जनाएका छन् । कांग्रेसको नयाा कार्यतालिकाअनुसार भदौ १८ गते वडा अधिवेशन गरिने कार्यतालिका छ । मंसिर ९, १०, ११, १२ र १३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot