Logo

ला–लिगामा रियल र लेभान्टे भिड्ने



काठमाडौ, ६ भदौ । यस सिजनको ला–लिगामा आज राती रियल मड्रिड र लेभान्टे भिड्ने भएका छन् । रियलले लिगको दोस्रो खेल आज घर बाहिर खेल्न लागेको हो । रियल मड्रिड र लेभान्टे बिचको खेल आज राती पौने २ बजे हुनेछ । खेलको लागि टोलीको घोषणा भइसकेको छ ।

टोलीमा हाजार्ड , बेन्जीमा, बेल, रोड्ड्रीगो, भिनीसीयर जे.आर, जोभिक , लगाएतका खेलाडीहरु परेका छन् । पत्रकार सम्मेलनमा प्रशिक्षकको घोषणा अनुसार डानी कार्भाजल टोलीमा फिर्ता भएका छन् ।
त्यसैगरी लुका मोड्रिच भने टोलीमा परेनन् । खेल स्पेनको भ्यालेन्सीया रंगशालामा हुनेछ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्