Logo

भाजपा विदेश विभाग प्रमुख चौथाईवालाले भेटे प्रधानमन्त्री देउवालाई, के कुराकानी भयो ?



काठमाडौं, ६ भदौ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग चौथाईवालाले शिष्टाचार भेटवार्ता गरेका हुन ।

कांग्रेस सहमहामन्त्री तथा पूर्व परराष्टमन्त्री डा. प्रकाशशरण महतले चौथाईवालाले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता महतले उक्त भेटवार्ताको तस्विरसमेत सार्वजनिक गरेका छन् ।

उनले उक्त भेटवार्ताले कांग्रेस र भाजपाबीच सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास दिलाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेकै दिन फोनमार्फत बधाई तथा शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्