Logo

किन आए भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाले



काठमाडौं, ६ भदौ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । उनी ४ दिन नेपाल भ्रमणमा हुनेछन् । चौथाइवालेले आजै साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवासँगको भेटमा दुई देशबीचको सम्बन्धलगायतका विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ । उनले प्रधानमन्त्री देउवालाई भारतको सत्तारुढ दल भाजपाका तर्फबाट बधाई तथा शुभकामना समेत दिएका छन् । विश्वस्त स्रोतका अनुसार चौथाइवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश समेत लिएर आएका छन् ।

चौथाइवालेले काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतसँग पनि भेटवार्ता गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे चौथाइवालेले चासो राखेको बुझिएको छ ।

यसैगरी, चौथाइवालेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायत शिर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । उनी नेपालको विकसित राजनीतिक घटनाक्रमपछि नेपाल आएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot