Logo

आरजुको कुटनीतिः भाजपा नेता चौथाइवालेलाई राखी बाँधेर बालुवाटारमा स्वागत



काठमाडौं, ७ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले आइतबार बालुवाटार पुगे । जनै पूर्णिमा तथा रक्षाबन्धनको दिन उनी बालुवाटार पुग्नु संयोग थियो ।

बालुवाटारमा चौथाइवालेलाई प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवाले राखी बाँधेर स्वागत गरिन् । उनले रातो रङ्गको राखी बाँधिदिदा चौथाइवाले हर्षित देखिन्थे ।

आरजुले गेरु रङ्गको पोशाक लगाएकी थिइन् । उनले हिन्दुत्वको मुद्दा बोकेको भाजपाका नेतालाई भेट्दा लगाएको पोशाकको रङ्ग अर्थपूर्ण थियो । आरजुको यो कुटनीतिलाई चासोका साथ हेरिएको छ ।

चौथाइवालले प्रधानमन्त्री देउवालाई भेटेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएका थिए । उनले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे महत्वपूर्ण कुराकानी समेत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्