Logo

तीन जनाले पाए मानुषी लघुवित्तको ११ कित्ता शेयर, सात हजारको आवेदन रद्द



काठमाडौं, भदौ ७ । मानुषी लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफांडमा तीन जनाले ११ कित्ता शेयर पाएका छन्।

बिकी प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज बिहान बाँडफांड गरेको आईपिओमा २३ लाख ६१ हजार आठ सय २७ जना आवेदकले आवेदन दिएका थिए । सात हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना आवेदक योग्य रहेकोले उनीहरुलाई गोलाप्रथामा समावेश गराएर गोलाप्रथाबाट शेयर बाँडफां गरिएको छ ।

जस अनुसार गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । आवेदन दिएका मध्ये २३ लाख २४ हजार बढी आवेदक हात खाली भएका छन् ।

कम्पनीले साउन २७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबरको ३ लाख ९३ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्