Logo

ओलीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो, त्यसपछि चुनाव हराउनुभयोः बामदेव गौतम (भिडियोसहित)



काठमाडौं, ७ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले आफूलाई अध्यक्ष केपी शर्मा ओलीले धोका दिएको बताएका छन् । आफूलाई प्रधानमन्त्री बनाउने भनेर आमनिर्वाचनमा बर्दियाबाट चुनाव हराएको आरोप लगाए ।

‘मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो हो, मैले बनाउनुहोस् भनेको थिइनँ,’ गौतमले भने, ‘मलाई चुनाव हराउने केपी ओली नै हुनुहुन्छ ।’ आफूले कहिले यस्तो बनाउनुहोस् नभनेको बताए । नवौं महाधिवेशनमा आफूले नभई अरुले राजनीतिक लेनदेनको सहमति गरेको बताए ।

‘केपीले मलाई प्रधानमन्त्री बनाउँछु भन्नुभयो तर मलाई थाहा थियो उहाँले धोका दिनुहुन्छ,’ बामदेवले भने । आफूले ओलीलाई अध्यक्षका लागि समर्थन पनि गरेको बताए ।

ओलीले एकपछि अर्को गल्ती गर्दै जाँदा अहिलेको अवस्था आएको बताए । उनले ओलीले पार्टी विभाजनको अवस्था ल्याएको उनको आरोप थियो ।



प्रतिक्रिया दिनुहोस्