Logo

एनआरएनएका निर्वाचित राष्ट्रिय समन्वय परिषदका प्रतिनिधीहरुलाई कांग्रेस जनसम्पर्क समिति समन्वय विभागद्वारा बधाई तथा शुभकामना



काठमाडौं, ७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदको भर्खरै सम्पन्न निर्वाचनमा निर्वाचित भएका प्रतिनिधिहरुलाई नेपाली कांग्रेस जनसम्पर्क समिति समन्वय विभागले बधाई तथा सम्मान गरेको छ ।

हिजो (आइतबार) विभागले जुममार्फत कार्यक्रमको आयोजना गरेर अध्यक्ष लगायत विभिन्न पदमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले कांग्रेसको नीतिका कारण नेपालीहरु संसारभरि छरिएर रहेको बताए ।

भट्टराईले भने,‘कांग्रेसको नीतिले गर्दा संसारभरि छरिएर रहेका साथीहरूले व्यवसाय गर्नु पाउनुभएको छ । रोजगारी पाउनुभएको छ । विद्यार्थी पढ्न जानुभएको छ । त्यो अवसर पाएका छौं । यो उपलब्धी प्रजातन्त्रको हो । पञ्चायत रहेको भए संसारभरि पहुँच हुने थिएन । कांग्रेसको नीतिले काम गरेको छ ।’

 

कांग्रेस नेता भट्टराईले एनआरएनएलाई बलियो बनाउनुपर्ने बताए । ‘एनआरएनएभित्र कमजोरी छ भने सुधार गरौँ । साझा संस्था बनाऔँ’, उनले भनेका छन् । राजनीतिक दलहरूकै कारण एनआरएनए जन्मिएको भन्दै विभागका प्रमुख भट्टराईले राजनीतिक दलले सरकार बनाउने हो, दलको नीति अनुसार नै एनआरएनएसहित हजारौँ संस्था जन्मिएका बताए । एनआरएनए पनि राजनीतिको उपलब्धि भएको उनको भनाई थियो ।

एनआरएनए कांग्रेसको सरकार भएका बेला स्थापना भएको स्मरण गराउदै कांग्रेस नेता भट्टराईले निर्वाचित अध्यक्षसहितका पदाधिकारी र सदस्यहरूलाई बधाइ दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्