Logo

प्रिमियर लिगमा चेल्सीको जित, घरेलु मैदानमै आर्सनल पराजित



काठमाडौं, ७ भदौ । इंग्लिस प्रिमियर लिगमा चेल्सीले आर्सनललाई पराजित गरेको छ । आर्सनलको घरेलु मैदानमा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो ।
खेलको १५ औं मिनेटमा लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

जेम्सको पासमा फरवार्ड लुकाकुले डेब्यु खेलमै गोल गरेका हुन् । उनी हालै मात्र इटालियन क्लब इन्टर मिलानबाट चेल्सी आएका हुन् । त्यसपछि खेलको ३५ औं मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । उनले पनि मासन माउन्टको पासमा उत्कृष्ट गोल गरेका थिए ।

जितसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । आर्सनलको भने यो लगातार दोस्रो हार हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्