Logo

माधव नेपाल पक्ष छोडेका नेताहरू ओलीसँग निर्णायक वार्ता गर्न बालकाेटमा



काठमाडौँ, ७ भदौ। नेकपा (एमाले) विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् । पार्टी विभाजनमा तटस्थ बसेका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक वार्ता गर्न बालकाटे पुगेका हुन् ।

भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराईगायतका नेताहरुले अध्यक्ष ओलीसँग १० बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल गर्न बुझिएको छ । माधव नेपालले एमाले विभाजन गरेर नयाँ पार्टी दर्ता गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्