Logo

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजद्वारा आत्महत्या प्रयास



एजेन्सी, ७ भदौ । बोलिभियाकी पूर्वराष्ट्रपति जियानाइन अनेजले आत्महत्या प्रयास गरेकी छिन् । उनले जेलमै आत्महत्या प्रयास गरेकी हुन् ।

आत्महत्या प्रयास गरेकी अनेजको अवस्था स्थिर रहेको बताइएको छ । सन् २०१९ मा २२ जना विरोधीहरुको हत्या गरेको अभियोगमा अनेजलाई लामो समय जेलमा राख्न माग गरिएपछि धैर्यता गुमाएकी थिइन् ।

अनेजकी छोरी कारोलिना रिबेराले डिप्रेसनका कारण आत्महत्याको प्रयास गरेको बताएकी छिन् । उनले आफ्नो नाडी काटेकी थिइन् । ५४ वर्षीया अनेजमाथि पूर्वराष्ट्रपति इभो मोरालेजविरुद्ध कू गर्न खोजेको आरोप लगाइएको थियो । यही आरोपमा उनलाई सन् २०१९ मा सजाय तोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्