Logo

ला–लिगामा रियल र लेभान्टे ३–३ को बराबरीमा रोकिए



काठमाडौं, ७ भदौ । स्पेनिस ला–लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएको हो । लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर खेलको ४६ औं मिनेटमा लेभान्टेका रोजरले गोल गर्दै खेललाई १–१ गोलको स्थितिमा ल्याएका थिए । खेलको ५७ औं मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २–१ को अग्रतामा पुर्याएका थिए । तर, फेरी रियलको तर्फबाट ७३ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २–२ गोलको बराबरीमा ल्याएका थिए ।

तर, खेलको ७९ औं मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३–२ को अग्रता दिलाए । खेल निकै रोमान्चक मोडमा पुगेको समयमा ८५ औं मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दा खेल ३–३ गोलको बराबरीमा पुग्दा रियललाई हारबाट जोगाएको छ ।

खेलको ८७ औं मिनेटमा ऐटरले रातो कार्ड पाएपछि लेभान्टे १० खेलाडीमा सिमित भएको थियो । योसँगै रियल २ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा पुगेको छ भने लेभान्टेले २ खेलमा २ अंक जोडेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्