Logo

प्रधानमन्त्री देउवा भेटेलगत्तै भाजपा विदेश प्रमुख चौथाईवालाले ओलीलाई भेटे



काठमाडौं, ७ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओलीसँगको भेटबारे चौथाईवालाले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएका हुन् ।

उनले भेटवार्तामा आफूहरुबीच नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई थप उचाईमा पुर्याउन र सुदृढ बनाउनको लागि सकारात्मक छलफल भएको जनाएका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनले राजनीतिक भेटवार्तालाई तिव्रता दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्