Logo

‘स्पेनिस ला लिगा’मा इल्चेलाई हराउँदै एथलेटिको मड्रिड शिर्ष स्थानमा



काठमाडौं, ७ भदौ । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता एथलेटिको मड्रिडले लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा इल्चेलाई १–० गोल अन्तरले पराजित गर्दै एटलेटिको मड्रिड लगातार दोस्रो जित निकाल्न सफल भएको हो ।

एटलेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले ३९औं मिनेटमा गरेको गोल निर्णायक भयो । यस जितसँगै एटलेटिकोले २ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा एटलेटिकोले सेल्टा भिगोलाई पराजित गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्