Logo

एसिया प्यासिफिकको नेतृत्वमा पारस



काठमाडौँ, ७ भदौ। एनआरएनएको दशौँ महाधिवेशन अक्टोबर महिनामा राजधानी काठमाडौंमा हुने भएको छ । संसार भरिबाट पहिलो पटक १ लाख सदस्यता पुगीसकेका छन् भने निर्वाचनमा भाग लिन पाउने प्रतिनिधिहरु पनि ४ हजारको हाराहारीमा छन । केन्द्रिय अध्यक्षमा रसियाका डा बद्रि केसी, युकेका कुल आचार्य अनि अमेरिकाबाट रबिना थापा प्रतिस्पर्धामा आउने लगभग निश्चित छ ।

यस्तै क्रममा एसिया प्यासिफिक क्षेत्रको संयोजक पदमा एनआरएनए जापानका पूर्व अध्यक्ष पारस मणि पोखरेलले आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् । दूई कार्यकाल एसिया क्षेत्र उप–संयोजक कार्यभार सम्भालेका पोखरेलको एसिया लगायत अन्य क्षेत्रमा आफ्नो राम्रो पकड रहेको छ ।

तिनैजना केन्द्रिय अध्यक्षका दाबेदारहरुको समुहमा पोखरेल परेको हुनाले उनको निर्बिरोध हुने सम्भावना लगभग निश्चित छ । दोश्रो पुस्ताको लागि स्पीच कन्टेस्ट , महाबिर पुनको लागि मेक इन नेपाल , युवा भेला अनि लेट्स रिफ्रेश द सोलको नारा दिएर गरेको एनआरएन रेफ्लेक्सन २०२१ ले पोखरेलको चर्चा चुलिएपछि उनलाई एनआरएनए भावी नेतृत्वको रुपमा हेरिएको छ । नयाँ र सृजनात्मक कामको लागि आफ्नो परिचय बनाएका पोखरेल १९९५ देखि रोटरी अनि २००५ देखि एनआरएनएमा सक्रिय छन । हाल उनि जापानको रोटरी क्लब संग समेत आबद्ध छन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot