Logo

वामदेव गौतमको खुलासा : प्रचण्डले आलोपालो प्रधानमन्त्री छोड्दा दाँत झर्नेगरि गालामा हान्ने रिस उठेको थियो (भिडिओसहित)



काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले एमाले र माओवादी एकता गरेर आफूले राम्रो काम गरेको स्पष्ट पारेका छन् । र, यसमा आफूलाई गर्व लागेको पनि उनको टिप्पणी छ । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आलोपालो प्रधानमन्त्री हुने सहमति छोड्नु नै ब्लण्डर भएको स्मरण गराए । उनले भने,‘मैले यो निर्णय गर्नै हुन्थ्यो । किनभने २०७५जेठ २ गते गरेको निर्णय पार्टी एकताको निर्णय थियो । त्यो मुटु थियो, त्यो मुटु मैले आजबाट छोडें भन्ने बित्तिकै एकता भंग हुँदैछ भन्ने मलाई परेको थियो । मैले तुरुन्तै रोक्नुपर्ने थियो । मैले हस्तक्षेप गर्न सकिनँ । पछि एक महिनापछि उहाँले मलाई बोलाउनुभयो, र मैले त गल्ती गरेको रहेछु भनेर उहाँले भन्नुभयो । मैले त म यति रिसाएको थिएँ, तपाईले मैले प्रधानमन्त्री छोडें भन्दा त म जुरुक्क उठेर तपाईँको गालामा, दुवैतिर यता पनि र उतापनि हान्छु र दाँत झर्नेगरि हान्छु अनि त्यसपछि तपाईँजत्तिको खत्तम मान्छे कोही रहेनछ भनेर आएर बस्छु भनेको थिएँ । म नियन्त्रित भएँ । मैले केही गरिनँ ।’



प्रतिक्रिया दिनुहोस्