Logo

पूर्वराष्ट्रपति यादवले भारत पुगेर सीमा समस्याबारे भनेः मिलेर समाधान गर्न सकिन्छ



काठमाडौं, ७ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादव बढी समय धनुषामै बिताउन थालेका छन् । उनी बुधबार सीमा कटेर विहार पुगे । निजी कामका लागि दरभंगा गएका उनका लागि कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

विहारको केरवास्थित पुराना मित्र तेजीलाल यादवको घरमा डा. यादव पुगेका थिए । तेजीलाल उनका नातेदार पनि हुन् ।

डा. यादवको सुरक्षामा विहारका उच्च प्रहरी अधिकारी समेत खटिएका थिए । भारतका मिडिया समेत केरवा गाउँ पुगेका थिए । उनले निजी काममा दरभंगामा पुगेको बताएका थिए । उनले दुई देशबीच सांस्कृतिक र नातेदारको सम्बन्ध पनि रहेको बताए ।

बा २ झ १०६५ नम्बरको जीपमा पूर्वराष्ट्रपति यादव विहार पुगेका थिए । त्यहाँका विधायकलगायत नेताहरु पनि पुगेका थिए ।

नेपालबाट बगेर जाने पानीले विहारमा वर्षेनी क्षति पुग्ने गरेकोबारे सोध्दा उनले भूगोल र मनसुनको व्याख्या गर्दै भने, ‘दुई सरकार मिलेर यसको समाधानको प्रयास गरिरहेका छन् ।’ दुई देशको जनप्रतिनिधि र सरकार मिलेर समस्याको समाधान गर्नुपर्नेमा जोड दिए ।

सीमाबारे सोध्दा उनले दुई देशको सरकार मिलेर समाधान गर्न सक्ने बताए । उनले भने, बसेर समाधान गर्न सकिन्छ ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्