Logo

लुम्बिनी प्रदेशसभा अबरुद्ध गर्ने एमालेको चेतावनी



बुटवल, ७ भदौ। नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ। लुम्बिनी सरकारको सोमबार दिउसो १ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची छ।

एमालेले कारबाही गरेका दुई जना सांसद अजय शाही र बिमला वलीलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै आएको छ। तर, सभामुख पूर्ण बहादुर घर्तिले सासद् शाही स्वतन्त्र भएको र वलीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बताएका छन्। तर, एमाले संसदीय दलले भने आफ्नो माग पूरा नभएसम्म संसद् अबरुद्ध गर्ने सभामुखलाई जानकारी गराएको छ।-File Photo



प्रतिक्रिया दिनुहोस्