Logo

तालिवानले फेर्याे अफगानिस्तान क्रिकेट बोर्डको अध्यक्ष, के होला अफगानिस्तान क्रिकेटको भविष्य ?



एजेन्सी, ७ भदौ । अफगानिस्तानमा तालिवानीले नयाँ सरकार गठन नगर्दै अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)मा हस्तक्षेप गरेको छ । तालिवानीले पूर्व–अध्यक्ष अजिजुल्लाह फाज्लीलाई नै पुनः निमित्त अध्यक्ष बनाएको हो । एसीबीको ट्विटर हेन्डलमा ट्विट गर्दै उनको नियुक्तिको जानकारी गराइएको हो ।

उनी यसअघि २०१८ देखि २०१९ सम्म अफगानिस्तान क्रिकेट बोर्ड (एसीब) को अध्यक्ष थिए । यसअघि एसीबीको अध्यक्ष फरान युसुफजाई थिए । केही दिनअघि मात्र एसीबीका प्रमुख कार्यकारी अधिकृत हमिद शिनवारीले बोर्डमाथि कुनै हस्तक्षेप नहुने अपेक्षा गरेको बताएका थिए ।

तर, युसुफजाई बर्खास्तीमा परेपछि अब क्रिकेट गतिविधि पहिला जस्तै अघि बढ्ला त ? भन्ने प्रश्न उठ्न थालेको छ । यसैबीच अफगानिस्तनका शीर्ष दुई खेलाडी राशिद खान र मोहम्मद नाबीले अफगानिस्तानबाट खेल्ने पनि अनिश्चित रहेको छ ।

राशिद खान र मोहम्मद नाबी दुबै जना अहिले लण्डनमा रहेका छन् । उनीहरु लण्डनमा ‘द हन्ड्रेड’ प्रतियोगिता खेल्न तालिवानले अफगानिस्तान कब्जा गर्न भन्दा पहिले नै त्यहाँ पुगेका थिए । त्यस्तै सन् २०१० मा पहिलो पटक बनाइएको महिला क्रिकेटको भविष्य पनि अब अनिश्चित भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्