Logo

अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस एसिया भ्रमणमा, सिंगापुरका प्रधानमन्त्रीसंग भेटवार्ता



एजेन्सी, ७ भदौ । सिंगापुर भ्रमणमा रहेकी अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिसले प्रधानमन्त्री ली सेइन लुङ संग भेटबार्ता गरेकी छिन्। वार्तामा उच्चस्तरिय आपूर्ति श्रृंखला संवाद, साइवर सुरक्षा र जलवायु परिवर्तन व्यवस्थापनबारे सहमति भएको जनाइएको छ । दुई मुलुकबीच आर्थिक तथा सुरक्षा सम्बन्धलाई थप बलियो तुल्याउनेबारे पनि छलफल भएको जनाइएको छ ।

आज बिहान भएको दुई नेताबीचको भेटवार्तामा उत्पादन र विकास साझेदारीको सहमति पनि भएको जनाइएको छ । इन्डो प्यासिफक क्षेत्रमा प्रविधि विकासबारे उनले जनरल मोटर्सका प्रमुख कार्यकारी अधिकृत म्यारी बारासँग पनि छलफल गरेकी थिइन् ।

सोमबार अपरान्ह दुई नेताले पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार उनीहरुबीच १० सदस्यीय आसियान संगठन, अन्तरीक्ष, चीन र म्यानमार सम्बन्धबारे पनि छलफल भएको थियो । एसिया भ्रमणको क्रममा ह्यारिस भियतनाम समेत पुग्ने कार्यक्रम छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्