Logo

सलमानको ‘टाइगर–३’ को फस्ट लुक्स लिक, यस्तो छ अवतार



काठमाडौं, ७ भदौ । सलमान खानको मुख्य भूमिका रहेको चलचित्र ‘टाइगर–३’को छायांकन सेटबाट उनको फस्ट लुक लिक भएको छ ।चलचित्रको सुटिङ रुसमा भइरहेको छ । छायांकन भइरहेको सेटबाट सलमानको लुक लिक भएको हो ।

केहीदिन अगाडि सलमान र कट्रिना कैफसहित चलचित्र निर्माण टिम रुस पुगेको थियो । लिक भएको सलमानको लुकमा उनी अहिले सम्मकै भिन्न अवतारमा देखीएका छन् ।लामो दाह्री र जुंगामा देखिएका उनी यसअघिका चलचित्रमा भन्दा फरक अवतारमा देखिएका छन् ।

चलचित्रको सेटबाट सलमानको लुक कसले सार्वजनिक गरेको हो भन्ने विषयमा अहिलेसम्म निर्माण टिमले बोलेको छैन । सार्वजनिक भएको केहि समयमै उनको लुक भाइरल भएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्