Logo

सभामुख सापकोटामाथि एमालेले गरेको व्यवहार संसदीय मर्यादाविपरित : सत्तपाक्षीय गठबन्धन



काठमाडौं, ७ भदौ । सत्तापक्षीय गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटामाथि गरेको व्यवहारको निन्दा गरेको छ । सत्ता गठबन्धनमा आवद्ध दलका सांसदहरुले आज संयुक्त विज्ञप्ती निकाल्दै एमाले सांसदहरुले सभामुख सापकोटामाथि गरेको व्यवहार संसदीय मर्यादा विपरीत भएको उल्लेख गरेका छन् ।

सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सचेत पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङ, जनता समाजवादी पार्टी नेपालको सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिईएको नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्