Logo

तालिवानले भन्यो-पञ्जशीरमाथि कब्जा गर्न हाम्रा सयौँ लडाकु निस्किएका छन्



एजेन्सी, ७ भदौ। अफगानिस्तान कब्जा गरेपछि विद्रोही समूह तालिबानका सयौँ लडाकु पञ्जशीर कब्जा गर्न निस्किएका छन् । तालिबानका लडाकुहरुले आफ्नो नियन्त्रणमा नआएका इलाकाहरु कब्जा गर्न सुरु गरेसँगै आइतबार राति पञ्जशीरतर्फ लागेका हुन् ।

तालिबानले आफ्नो ट्विटरमा लेखेका छन्, ‘स्थानीय अधिकारीहरुले शान्तिपूर्ण तरिकाबाट पञ्जशीर प्रान्त तालिबानलाई हस्तान्तरण नगरेको कारण इस्लामी अमीरातका सयौँ मुजाहिदीन –लडाकु) पञ्जशीर नियन्त्रण गर्नका लागि अघि बढेका छन् ।’ मसुदको नेतृत्वमा तालिवानका लडाकुविरुद्ध करिब ९ हजार मानिसहरुलाई जम्मा गरिएको दाबी गरिएको बीबीसीले जनाएको छ ।

यस्तै, मसुदले साउदी अरबको मिडिया प्रसारक अल–अरबियासँग पञ्जशीरमा थुप्रै अफगानी प्रान्तका सरकारी सुरक्षाबल भागेर आएर बसेको बताएका छन् । उनले अफगानिस्तानको रक्षाका लागि तयार रहेको र हिंसाको चेतावनी पनि दिएका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्